Kathmandu Press

निर्वाचन आयोगले रञ्जितालाई नाउप अध्यक्षको मान्यता दियो

निर्वाचन आयोगले रञ्जितालाई नाउप अध्यक्षको मान्यता दियो

काठमाडौं, साउन २८ : रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष कायम रहने भएकी छिन्। निर्वाचन आयोगले पार्टीबाट निलम्बित भएपनि रञ्जितालाई अध्यक्षको मान्यता दिएको छ।

पदाधिकारी हेरफेर भएको भनी नाउपले दिएको निवेदन प्रक्रियासम्मत नरहेको भन्दै पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको आयोगले जनाएकाे छ।

साउन १४ र १५ राष्ट्रिय भेला गरेर नाउसले अध्यक्ष श्रेष्ठ विवादमा परेको भन्दै उनलाई बर्खास्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो। 

सोही भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, साउन २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्