समृद्ध नेपाल निर्माणको आधार भनेका युवा हुन् : परराष्ट्रमन्त्री
‘म युवाहरु विदेश जानै हँुदैन भन्ने पक्षमा छैन। विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ,’ उनले भनिन्।-(17)-1755011045.jpg)
काठमाडौं, साउन २७ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको हो।
नेपालको जनसंख्याको ठूलो हिस्सा युवाहरुको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्नसक्ने उनको भनाइ छ।
युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन्।
‘म युवाहरू विदेश जानै हँुदैन भन्ने पक्षमा छैन। विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ,’ उनले भनिन्।
स्वदेश फर्किएका कैयौं युवाहरुले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा. राणाले युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन्।
प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरुले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका उनले बताइन्। नेपालीहरुले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै मन्त्री डा. राणाले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने धारणा राखिन्।
उनले देशका युवाहरुलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिइन्।
‘अहिले धेरै युवाहरु टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ। तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस्,’ उनले भनिन्, ‘जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरुको जीवनमा कुनै राम्रो उर्जा दिँदैन।’



-1765194974.jpg)





-1765194974.jpg)


