कांग्रेसले सहिदलाई सधैं सम्मान गर्छ : सभापति देउवा
‘पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ। उच्च मूल्याङ्कन गर्छ,’ उनले भने।
तनहुँ, साउन २७ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन्।
सहिद कल्याण खनालको २३औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए।
‘पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ। उच्च मूल्याङ्कन गर्छ,’ उनले भने।
उनले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त भएको बताए।
‘बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो। देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ। उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ,’ उनले भने।
सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उहाँले आफूलाई धेरै सहयोग गरेको स्मरण गरे।
सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गरेका थिए।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)