सातामा २.४४ प्रतिशत घट्याे नेप्से, माइक्रोफाइनान्स समूह उच्च नाफामा
आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो। त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ।
काठमाडौं, साउन २४ : यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २८५० विन्दुमा झरेको छ। गत साता नेप्से २.०१ प्रतिशतले घटेको थियो।
पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको थियो।
आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो। त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ।
यससँगै यो साता समग्र कारोबार रकम पनि घटेको छ। साताको सुरुवातमा १३ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार हुँदा अन्तिम दिनसम्म ८ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
गत साता ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको २१ करोड ७८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १२ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ।
यो साता सबैभन्दा बढी लाभ माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले १८.२६% नाफा कमाए। उल्लेखनीय कमाउने कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर (१४.२६%), विन नेपाल लघुवित्त (१४.०४%), महुली लघुवित्त (१४.०४%) र लिबर्टी इनर्जी (११.१७%) रहेका छन्।










-1764753058.png)
-1764751301.jpg)
