सुनको मूल्य तोलाकै दुई लाख नजिक
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।
काठमाडौं, साउन २३ : नेपाली बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको छ। शुक्रबार प्रतितोला १ हजार रुपैयाँ बढेसँगै सुनको मूल्य २ लाख नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
