१८.३० अंकले बढ्यो नेप्से
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। कुल ३१८ स्टकको ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ।
काठमाडौं, साउन २२ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.३० अंकले बढेको छ। नेप्से परिसुचक ०.६४ प्रतिशतले बढेर २८५०.३७ बिन्दुमा पुगेर रोकिएको छ।
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। कुल ३१८ स्टकको ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स २.६१ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.८९ अंकले बढेको छ।
बिहीबार सिकलेस हाइड्रोपावर लिमिटेड र बरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिकलेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १०४.९७ रुपैयाँले बढेर प्रतिकित्ता ११७५.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, बरुण हाइड्रोपावरको शेयर मल्य प्रतिकित्ता ३४.८७ रुपैयाँले बढेर ३९१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ४५.६९ रुपैयाँले बढेर प्रतिकित्ता ६४९.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने रिलायबल सम्वृद्धि योजनाको शेयर मूल्य ०.६० रुपैयाँले बढेर ९.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेर २४३२.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ५.४२ प्रतिशतले घटेर २८०५.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जीको शेयर मूल्य २.७१ प्रतिशतले घटेर ७७३.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बिहीबार लिबर्टी इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
