Kathmandu Press

प्रियंकाको मास्कसहितको सेल्फी भाइरल

काठमाडौं, वैशाख ३० : बलिउड अभिनेत्री प्रियंका चोपडाको मास्कसहितको सेल्फी भाइरल भएको छ।

बलिउडसँगै हलिउडमा चर्चित प्रियंका अहिले अमेरिकामा छिन....

प्रियंकाको मास्कसहितको सेल्फी भाइरल

काठमाडौं, वैशाख ३० : बलिउड अभिनेत्री प्रियंका चोपडाको मास्कसहितको सेल्फी भाइरल भएको छ।

बलिउडसँगै हलिउडमा चर्चित प्रियंका अहिले अमेरिकामा छिन्। उनी पनि कोरोना भाइरसको संक्रमणबाट बच्न घरभित्रै रहेकी थिइन्।

दुई महिनापछि घर बाहिर निस्केको उनले बताएकी छन्। घर बाहिर निस्किँदा खिचेको उनको सेल्फी भाइरल बनेको हो।

Hardik ivf
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Eyes are never quiet. #FirstDayOutIn2Months Thanks for the masks @avoyermagyan

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

 

लकडाउनका समयमा उनी सामाजिक सञ्जालमा क्रियाशिल थिइन्। उनले लकडाउनका पालना गर्न र कोरोनाबाट बच्ने उपाय सुझाउदै आएकी थिइन्।

अहिले उनी आफ्ना पति निक जोनससँगै कोरोनाका लागि सहयोग जुटाइरहेकी छन्। त्यसका लागि उनले भर्चुअल माध्यमबाट विभिन्न लाइभ कन्सर्ट पनि गरेकी छन्।

पछिल्लो पटक उनी फिल्म द स्काई इज पिंकमा देखिएकी थिइन्। त्यसयता नयाँ फिल्मको विषयमा केही खुलाएकी छैनन्।

प्रकाशित मिति: ११:१२ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्