Kathmandu Press

बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई चलायमान बनाउँछाै‌ँ : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख २९ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने ....

बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई चलायमान बनाउँछाै‌ँ : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख २९ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकारउन्मुख भएको बताए।  

कृषि उत्पादनले बजार पाउनुपर्ने र स्थानीय तहलाई थप अधिकार दिने कुराहरुलाई स्वीकार गर्दै उनले कोरोना जोखिमका समयमा प्रदेश र स्थानीय तह सक्रिय भई सङ्घीयताको औचित्य पुष्टि गरेकाले तीन वटै तहका सरकारबीच समन्वय बढाउने गरी बजेटको प्रबन्ध गर्ने बताए।  

उनले सांसदहरुले कोरोना सङ्कटले प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन कृषि क्षेत्रलाई प्राथमिकता दिन र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन दिएका सुझावलाई बजेट निर्माणका क्रममा मार्गदर्शनका रुपमा लिइने विश्वास व्यक्त गरे। मन्त्री खतिवडाले विदेशमा रहेका नेपालीलाई बेवारिसे हुन नदिने र कूटनीतिक माध्यमबाट आवश्यक सहयोग गरिने तर सीमा खोल्ने वा आवागमन गर्ने कुरा जोखमयुक्त हुने पनि बताए। 

मन्त्री खतिवडाले अरु क्षेत्रको विकाससँगै कृषिको सन्तुलित विकासको मार्गमा सरकारले अघि बढ्ने जानकारी दिए। रासस

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्