लकडाउनका बेला खाद्यन्न सहयोग गर्दै कलाकारहरु
काठमाडौं, वैशाख २९ : लकडाउनका बेला नायिक नम्रता श्रेष्ठले रक्षा नेपालमा आश्रित किशोरी र बालिकाहरुलाई १५ दिन खान पुग्ने खाद्यान्न सहयोग गरेकी छिन्।
काठमाडौं, वैशाख २९ : लकडाउनका बेला नायिक नम्रता श्रेष्ठले रक्षा नेपालमा आश्रित किशोरी र बालिकाहरुलाई १५ दिन खान पुग्ने खाद्यान्न सहयोग गरेकी छिन्।
विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमणका बेला उनी संस्थाले गरेको कामबाट प्रभावित भएर सहयोग गर्न पुगेकी हुन्।
‘हाम्रो सानो प्रयास’ नामक अभियानमा उनीसँगै फिल्म निर्देशक मिन भाम, कलाकार विजय लामाले यस काममा सहभागी छन्।
उनको समूहले लकडाउन बढ्दै जाँदा अप्ठ्यारोमा परेका मानिसहरुलाई खाना तथा खाद्यन्नको सहयोग गरिरहेको छ।
नायक पल शाहले नेपाल चलचित्र प्राविधिक संघका प्राविधिकलाई खाद्यन्न सहयोग गरे। उनले भने, ‘मैलै आफुले पाएको दु:ख बिर्सेको छैन।’
नेपाली चलचित्रको क्षेत्रको उत्थानमा आफ्नो भरपुर सहयोग रहने भन्दै उनले यस्तो सहयोग गरेको बताए। यसअघि उनले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
यस्तै लकडाउनको समयमा गायिका अन्जु पन्तले अन्जु पन्त फाउण्डेशनबाट काठमाडौंको जोरपाटी, बौद्ध, नख्खु दोबाटो, वीर अस्पताललगायत ललितपुरको १२ स्थानमा मानिसहरुलाई खाना खुवाइन्।
उनले यसै संस्थाबाट पर्साका विपन्न बालबालिकालाई पनि पढाउने काम गर्दै आएकी छिन्।
यसरी भोकमा परेकाहरुलाई खाना खुवाउन पाउँदा खुशी लागेको उनले बताइन्।












