यसरी सुरू भयो गुँला पर्व [फोटो फिचर]
हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन्।![यसरी सुरू भयो गुँला पर्व [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1753424883.jpg)
काठमाडौं, साउन ९ : एक महिनासम्म मनाइने ‘गुँला पर्व’ आजदेखि सुरु भएको छ।
विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाउने गरिन्छ। यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ।
हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन्।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन्।
काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ।
नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ।


















![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)