हलमा प्रदर्शन नभएका फिल्म पनि ‘गोल्डेन ग्लोब अवार्ड’मा
काठमाडौं, वैशाख २९ : हलिउड फरेन प्रेस एसोसियसनले सन् २०२१ गोल्डेन ग्लोब अवार्डका लागि फिल्म छनोट प्रक्रियामा केहि नियम फेरेको छ। आयोजकले विदेशी भाषी स....

काठमाडौं, वैशाख २९ : हलिउड फरेन प्रेस एसोसियसनले सन् २०२१ गोल्डेन ग्लोब अवार्डका लागि फिल्म छनोट प्रक्रियामा केहि नियम फेरेको छ। आयोजकले विदेशी भाषी सिनेमाहरु हलमा प्रर्दशन भएको हुन नपर्ने घोषणा गरेको छ।
यस वर्ष मार्च १५ देखि प्रदर्शन गर्ने मिति तोकिएका सिनेमाहरु सहभागिता हुन पाउनेछन्। जबकि पहिले अक्टोबर १ अघि प्रदर्शन भएका सिनेमा सहभागी हुने नियम थियो।
डिजिटल स्ट्रिमिङ, टिभि, पे पर भ्यु, केवल च्यानल सब्सक्रिप्सन र अन्य माध्यमको प्रयोगमार्फत् प्रदर्शन भएका फिल्म पनि योग्य हुने बताएको छ।
कोरोना भाइरसको संक्रमण र विश्वभरका सिनेमाघर लकडाउनको चपेटामा परेका छ। यो परिस्थितिलाई ध्यान दिदै कुनै पनि देशमा प्रदर्शन गरिएका तथा कुनै पनि प्लेटफममार्फत् प्रदर्शन गरिएका फिल्महरु सहभागी हुन पाउने भएका हुन्।
यो ९३औं संस्कणमा निर्णायक टोली तथा अन्य सदस्यले घरबाटै फिल्म हेर्नेछन्। जसमा हलिउड फरेन प्रेसले स्त्रिनिङ लिंक वा डिभिडी उपलब्ध गराउनेछ। इो कार्यक्रम टिना फे र एमी पोएह्लरले सञ्चालन गर्नेछन्, तर अवार्ड प्रदान गरिने मिति भने तोकिएको छैन।












