Kathmandu Press

लिङ्देनलाई ‘निरङकुश’को आरोप लगाउँदै कारबाहीमा परेका गिरी पुगे निर्वाचन आयोग 

लिङ्देन स्वेच्छाचारी हुँदै गएको बताउँदै कानुनी उपचार खोज्न आयोग पुगेका हुन्। गिरीले आफुलाई हटाएको व्यहोरा सामाजिक सञ्जालबाट जानकारी पाएको दाबी गरेका छन्। 
लिङ्देनलाई ‘निरङकुश’को आरोप लगाउँदै कारबाहीमा परेका गिरी पुगे निर्वाचन आयोग 

काठमाडौं, साउन ४ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी उपाध्यक्षबाट हटाएका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन्। 

लिङ्देन स्वेच्छाचारी हुँदै गएको बताउँदै कानुनी उपचार खोज्न आयोग पुगेका हुन्। गिरीले आफुलाई हटाएको व्यहोरा सामाजिक सञ्जालबाट जानकारी पाएको दाबी गरेका छन्। 

आफ्नो राजनीतिक छबि धुमिल गर्ने मनसायले उपाध्यक्षबाट हटाएको बताउँदै निवेदन दिनुपरेको गिरीको भनाई छ। 

उनले आफुविरुद्धको कारबाही गैरकानुनी रहेको बताउँदै खारेजीको माग गरेका छन्। कारबाही प्रस्ताव केन्द्रीय समिति हुँदै अनुशासन समितिमा जानुपर्ने, अनुशासन समितिले कार्यसम्पादन समितिमा लैजानुपर्ने, सफाइको अवसर दिनुपर्ने विधानको प्रक्रिया ठाडै मिचिएको दाबी निवेदनमा छ। 

विधानतः सबै प्रक्रिया पुरा गरेर अन्तिममा मात्र अध्यक्षले निर्णय गर्न सक्ने भए पनि स्वेच्छाचारी र एकलौटी ढंगले कारबाही गरेको आरोप गिरीको छ । गिरीलाई गत साउन २ गते उपाध्यक्षबाट पदमुक्त गर्दै कारबाही गरिएको थियो। 

राप्रपाका अध्यक्ष लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका थिए। 

कारबाहीमा पर्नुअघि गिरीसहितका नेताले सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको बताउँदै अध्यक्ष लिङदेनमाथि आरोप लगाएका थिए। 


 

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्