Kathmandu Press

ओली र भण्डारीबीच भेटवार्ता हुने

एमाले पोलिटब्युरो बैठकमा भण्डारीको सक्रिय राजनीतिका बिषयमा देखिएको चासो र विवादलाई टुंगोमा पुर्याउन एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव आएको थियो। 
ओली र भण्डारीबीच भेटवार्ता हुने

काठमाडौं, साउन ४ : नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ। 

दिउँसो ३ बजेका लागि भेटघाटको कार्यक्रम तय भएको छ। 

एमाले पोलिटब्युरो बैठकमा भण्डारीको सक्रिय राजनीतिका बिषयमा देखिएको चासो र विवादलाई टुंगोमा पुर्याउन एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव आएको थियो। 

सोही सुझावका आधारमा अध्यक्ष ओली र भण्डारीबीच भेटवार्ता हुन लागेको हो।

आगामी साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै भण्डारीको एमालेमा राजनीतिक सक्रियताको विवादलाई टुंग्याउनुपर्ने बैठकको ‘म्यान्डेट’ छ। 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्