सर्वोच्चमा आइतबार एउटा मात्र इजलास
पाण्डेको इजलासमा तीनवटा बन्दीप्रत्यक्षीकरणसहित ६ थान मुद्दाको पेशी तय भएको छ।
काठमाडौं, साउन ४ : सर्वोच्च अदालतमा आइतबार एउटा मात्रै इजलासमा मुद्दाको सुनुवाई हुने भएको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाहेक अन्य इजलास तोकिएको छैन।
पाण्डेको इजलासमा तीनवटा बन्दीप्रत्यक्षीकरणसहित ६ थान मुद्दाको पेशी तय भएको छ। अघिल्लो वर्षको आन्तरिक डाटा समयोजनको काम भइरहेकोले अन्य इजलास गठन नगरिएको सर्वोच्चले जनाएको छ।
नयाँ आर्थिक वर्ष सुरू भएपछि केही समय देशभरका अदालतले आन्तरिक डाटा अपडेटको काम गर्ने गर्दछन्।
यस अवधिमा सर्वोच्चसहितका अदालतहरुमा मुद्दाको सुनुवाई पनि कम मात्रामा हुने गर्दछ।
प्रकाशित मिति: १३:०५ बजे, आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












