Kathmandu Press

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

सङ्खुवासभा, साउन ३ : सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्। यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक कार्यक्रमबीच ती पुलको उद्घाटन गरे। सोक्रममा उनले निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताए।

चैनपुर नगरपालिका–१ र मादी नगरपालिका–९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण २०७३ देखि सुरु भएको थियो। २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो। 

यस्तै, धर्मदेवी नगरपालिका–४ र मादी नगरपालिका–६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलोगरी सम्पन्न भएको हो।

यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन्। 

प्रकाशित मिति: १९:२६ बजे, शनिबार, साउन ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्