Kathmandu Press

वर्तमान कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा टुट्दैन : नेता केसी 

उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार सहज ढंगले चलेको दाबी गर्दै कुनै हालतमा गठबन्धन नटुट्ने बताए। 
वर्तमान कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा टुट्दैन : नेता केसी 

काठमाडौं, साउन ३ : नेपाली कांग्रेसका नेता राजेन्द्र केसीले वर्तमान कांग्रेस–एमाले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा केसीले उक्त दाबी गरेका हुन्। उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार सहज ढंगले चलेको दाबी गर्दै कुनै हालतमा गठबन्धन नटुट्ने बताए। 

पार्टीको विधानमा प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता हुनुपर्ने व्यवस्था रहेको औंल्याउँदै कांग्रेस नेता डा.शेखर कोइराला संसदीय दलको नेता पनि बन्न नसक्ने भनाई उनको छ। 

‘पार्टीभित्रको विवाद र बहस स्वाभाविक हो। सानातिना विवादका कारण पार्टी विभाजन हुँदैन,’ सांसद समेत रहेका नेता केसीले भने। 

केसीले पार्टीभित्रको अनुशासनको कारबाही पनि अन्तिम नभएको बताउँदै त्यसमा चित्त नबुझे पुनरावलोकनमा जान सकिने स्पष्ट पारे। 
 

प्रकाशित मिति: १८:०९ बजे, शनिबार, साउन ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्