Kathmandu Press

खानेपानी मन्त्री यादवले गरे झुम्का खानेपानी आयोजनाको उद्घाटन

झुम्का खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७ सय ८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। 
खानेपानी मन्त्री यादवले गरे झुम्का खानेपानी आयोजनाको उद्घाटन

सुनसरी, साउन ३ : देशकै ठूलो खानेपानी आयोजना मध्येको एक ‘झुम्का खानेपानी तथा सरसफाई आयोजना’को उद्घाटन भएको छ। 

शनिबार सुनसरीको रामधुनी–३ स्थित प्रिपाहामा आयोजित एक विशेष समारोहबीच खानेपानीमन्त्री प्रदीप यदावले आयोजनाको उद्घाटन गरे। 

कार्यक्रममा प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन्। उनले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समूदायलाई समान रूपमा सेवा पु¥याउने दिशामा केन्द्रित रहेको बताए। 

‘कुनैपनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ। देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष हो,’ मन्त्री यादवले भने।

Photo-(2)-(47)-1752923834.jpg
 

खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको भन्दै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास मन्त्री यादवले व्यक्त गरे। 

खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराए। 

‘हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिसत उपलब्धि हासिल गरेको छ। जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो,’ मन्त्री यादवले भने।

कार्यक्रममा पूर्वसघीय सांसद नवदिता चौधरी, नगरप्रमुख शंकरलाल चौधरी, झुम्का खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत स्थानीय उपभोक्ताहरुको सहभागी थियो। 

झुम्का खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७ सय ८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। 
 

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, साउन ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्