Kathmandu Press

एमाले पोलिटब्युरो बैठक स्थगित, शनिबार पुनः बस्ने

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो। शुक्रबार सात जनाले विधान मस्यौदामाथि धारणा राखेका थिए। 
एमाले पोलिटब्युरो बैठक स्थगित, शनिबार पुनः बस्ने

काठमाडौं, साउन २ : नेकपा एमालेको पोलिटब्युरो बैठक शनिबार सम्मका लागि स्थगित गरिएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो। शुक्रबार सात जनाले विधान मस्यौदामाथि धारणा राखेका थिए। 

एमाले नेताहरु किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले धारणा राखेका थिए। 

बैठकमा नेताहरुले ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतमाथि धारणा राखेका थिए। 

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्