Kathmandu Press

वामदेव गौतम भन्छन्– एमालेले वेवास्ता गर्‍यो, त्यसैले नेकपा एसमा जाने निर्णय गर्‍यौं

‘समयमा खवर हुन्छ भनेर पठाउनुभयो। पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौं। साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौं।’ 
वामदेव गौतम भन्छन्– एमालेले वेवास्ता गर्‍यो, त्यसैले नेकपा एसमा जाने निर्णय गर्‍यौं

काठमाडौं, असार ३१ : नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ। 

आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताए।

‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो। पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो। दुई घण्टा भाषण गर्नुभयो,’ उनले भने, ‘समयमा खवर हुन्छ भनेर पठाउनुभयो। पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौं। साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौं।’ 

उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए। 

‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु। सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन,’ उनले भने, ‘म नेकपा एकीकृत समाजवादीमा जाँदैछु। एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ।’ 
 

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्