Kathmandu Press

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीनबहादुर गुरुङ

‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ। २०६८ सालमा स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं,’ उनले भने।
केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीनबहादुर गुरुङ

काठमाडौं, असार ३० : भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए। 

Hardik ivf

‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ। २०६८ सालमा स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं,’ उनले भने।

उनले राष्ट्र र देशबाट केही पाइन्छ कि भन्ने भाव नराखी यस्ता कामहरु गर्दै जाने पनि बताए। 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, असार ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्