Kathmandu Press

रास्वपा र राप्रपले बुधबार पनि गरे प्रतिनिधिसभा बहिस्कार

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले कुसीबाट उठेर विरोध जनाएका थिए।
रास्वपा र राप्रपले बुधबार पनि गरे प्रतिनिधिसभा बहिस्कार

काठमाडौं, असार ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्। 

भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग राखेर राप्रपा र रास्वपाले संसद बहिस्कार गरेका छन्। 

Hardik ivf

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले कुसीबाट उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरी लाई बोल्न दिएका थिए। 

चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाईंदासम्म विरोध जारी रहने बताए। 

लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएको भन्दै समिति गठन नहुँदासम्म विरोध जारी रहने बताए। चौधरी र लिङ्देन बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका थिए। 

प्रकाशित मिति: १३:५० बजे, सोमबार, असार ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्