राष्ट्रसंघीय कार्यक्रममा लुकेका व्यक्तिमाथि छानविनका लागि गृहमा आकस्मिक बैठक
राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुने नाममा भिसा लगाइएका व्यक्तिहरु लुकेको बिषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आकस्मिक बैठक डाकेका हुन्।
काठमाडौं, असार ३० : प्रधानमन्त्रीसँग स्पेनमा पुगेर लुकेका व्यक्तिको बिषयमा सत्यतथ्य पत्ता लगाई कारवाहीका लागि गृह मन्त्रालयमा प्रहरी प्रमुखसहितको आकस्मिक बैठक डाकिएको छ।
राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुने नाममा भिसा लगाइएका व्यक्तिहरु लुकेको बिषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आकस्मिक बैठक डाकेका हुन्।
बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाललगायतलाई डाकिएको छ।
गृह मन्त्रालयमा बैठक बस्न थालेको छ। गृहमन्त्री लेखकले आज सोमबार बिहान पनि गृहसचिव दवाडी र आईजीपी थापालाई बोलाएर छानबिनका लागि निर्देशन दिइसकेका छन्।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
