Kathmandu Press

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार डाके 

गुप्ताले भूमि आयोग बनाउन बिचौलियासँग घुसका लागि संवाद गरेको अडियो बाहिरिएपछि उनी अफठ्यारोमा परेका छन्। 
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार डाके 

काठमाडौं, असार ३० : घुस प्रकरणको अडियो बाहिरिएसँगै विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार डाकेका छन्। 

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग अडियोको बिषयमा छलफलका लागि बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन बिचौलियासँग घुसका लागि संवाद गरेको अडियो बाहिरिएपछि उनी अफठ्यारोमा परेका छन्। 

यसअघि कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो। 

मन्त्री क्वाटरमा लगेर रकम बुझाएका समाचारहरु समेत बाहरिएका थिए। 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असार ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्