घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार डाके
गुप्ताले भूमि आयोग बनाउन बिचौलियासँग घुसका लागि संवाद गरेको अडियो बाहिरिएपछि उनी अफठ्यारोमा परेका छन्।
काठमाडौं, असार ३० : घुस प्रकरणको अडियो बाहिरिएसँगै विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार डाकेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग अडियोको बिषयमा छलफलका लागि बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन बिचौलियासँग घुसका लागि संवाद गरेको अडियो बाहिरिएपछि उनी अफठ्यारोमा परेका छन्।
यसअघि कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो।
मन्त्री क्वाटरमा लगेर रकम बुझाएका समाचारहरु समेत बाहरिएका थिए।
प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
