Kathmandu Press

शम्भूजीत बास्कोटालाई ‘संगीत सम्राट’ को उपाधि

रेडियो कान्तिपुरले शनिवार ललितपुरको गोदावरीमा आयोजना गरेको नेशनल म्युजिक अवार्ड्स २०८१ को क्रममा संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्य दृष्य सामग्रीमार्फत उनलाई नेपाली सांगीतिक क्षेत्रको संगीत सम्राटको उपाधि प्रदान गरिएको हो । 
शम्भूजीत बास्कोटालाई ‘संगीत सम्राट’ को उपाधि

काठमाडौं, असार ३० : बरिष्ठ संगीतकार शम्भूजीत बास्कोटा नेशनल म्युजिक अवार्ड्स २०८१ को  ‘संगीत सम्राट’ को उपाधि प्रदान गरेको छ । 

रेडियो कान्तिपुरले शनिवार ललितपुरको गोदावरीमा आयोजना गरेको नेशनल म्युजिक अवार्ड्स २०८१ को क्रममा संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्य दृष्य सामग्रीमार्फत उनलाई नेपाली सांगीतिक क्षेत्रको संगीत सम्राटको उपाधि प्रदान गरिएको हो । 

बास्कोटालाई नगद एक लाख रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गर्दै उक्त उपाधि प्रदान गरिएको घोषणा गरिएको हो । बास्कोटा पछिल्लो साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल छन् । 

समारोहमा सम्मानित भएपछि बासकोटाले नेपाली संगीतको उन्नयनमा लाग्ने थप उर्जा मिलेको बताउँदै अवार्डले आफूलाई मात्र नभई समग्र सांगीतिक क्षेत्रलाई सम्मान गरेको भनाइ राखे । अवार्ड कार्यक्रममा विभिन्न विधाका १४ जना गायक गायिका पुरस्कृत भएका थिए ।

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, असार ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्