Kathmandu Press

‘कुलिङ पिरियड’ विवादमा छानविन समिति संयोजकको सट्टा अब सभापति  

‘कुलिङ पिरियड’ विवादमा छानविन समिति संयोजकको सट्टा अब सभापति  

काठमाडौं, असार २९ : संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा रहेको कुलिङ पिरियडसम्वन्धी प्रावधानमा रहेको त्रुटिबारे अध्ययन तथा छानबिन गर्न गठित ‘विशेष समिति’ मा अब सभापति हुने व्यवस्था राखिएको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त समितिमा संयोजकको सट्टा सभापति हुने निर्णय गरेको हो। सभामुख देवराज घिमिरेले संयोजकलाई सभापति बनाउन गरेको प्रस्ताव सभाबाट सर्वसम्मतले पारित भएको छ। 

गत असार २३ गते समिति घोषणा हुँदा कांग्रेसका सांसद जिवन परियारलाई संयोजक तोकिएको थियो। अब परियार छानविन समितिको सभापति रहने छन्। 

उक्त समितिमा कांग्रेसकै सांसद सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्। 
 

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्