Kathmandu Press

'रास्वपा पदाधिकारी विवादमा अध्ययन भइरहेकाे छ'

रास्वपाको पदाधिकारी हेरफेर सम्बन्धी विवरण अद्यावधिक भए÷नभएको विषयमा जानकारी माग गर्दै रास्वपाले आयोगमा निवेदन दिएको थियो। आयोगले आइतबार रास्वपालाई पत्र पठाउँदै जानकारी दिएको हो। 
'रास्वपा पदाधिकारी विवादमा अध्ययन भइरहेकाे छ'

काठमाडौं, असार २९ : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पदाधिकारी हेरफेरबारे अध्ययन भइरहेको जानकारी पठाएको छ। 

रास्वपाको पदाधिकारी हेरफेर सम्बन्धी विवरण अद्यावधिक भए÷नभएको विषयमा जानकारी माग गर्दै रास्वपाले आयोगमा निवेदन दिएको थियो। आयोगले आइतबार रास्वपालाई पत्र पठाउँदै जानकारी दिएको हो। 

पदाधिकारी हेरफेर सम्बन्धी रास्वपाले दिएको निवेदनमाथि कानुनी प्रश्न उठाएर तत्कालिन महामन्त्री डा.मुकुल ढकालले यता सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। 

रास्वपाको निवेदन माग अनुरुप आयोगको जवाफमा २०८२ असार १९ र अघिल्लो वर्षको साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको जनाइएको छ। रास्वपाको यही असार ७ गते बसेको केन्द्रीय समिति बैठकले कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरेको थियो। 

रास्वपाले पदाधिकारी हेरफेरका लागि असार ९ गते आयोगमा दिएको निवेदनमा त्रुटि औंल्याउँदै निर्वाचन आयोगले सच्याउन पत्राचार गरेको थियो। त्यसपछि पुनः रास्वपाले असार १९ गते अध्यावधिकका लागि दिएको निवेदनमा अध्ययन भइरहेको आयोगले जानकारी गराएको छ। 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्