Kathmandu Press

‘कम्युनिष्ट आन्दोलनको समसामयिक व्याख्याका लागि जबज प्रभावकार’

‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्न सक्छ,’ उनले भनिन्।
‘कम्युनिष्ट आन्दोलनको समसामयिक व्याख्याका लागि जबज प्रभावकार’

काठमाडौं, असार २८ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विकसित जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिएकी छन्। 

शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै उनले जबजलाई अन्तर्राष्ट्रिय रूपमा पु¥याउने एउटा आधिकारिक माध्यमको प्रयासको रूपमा प्रस्तुत गरेकी हुन्।

Hardik ivf

‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्न सक्छ,’ उनले भनिन्।

भण्डारीले जबजले माक्र्सवाद र लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात गरेको बताइन्। 

‘समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेट्दै जबजले एक विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ,’ उनले भनिन्।

उनले वर्गीय शोषण अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र समान अवसर सुनिश्चित गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु जबजको मूल मर्म भएको उल्लेख गरिन्। 

‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनुपर्छ,’ उनले भनिन्, ‘जबजको मूल भावना पनि यही हो।’ 
 

प्रकाशित मिति: १९:४४ बजे, शनिबार, असार २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्