Kathmandu Press

जेडीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरे। 
जेडीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

काठमाडौं, असार २५ : मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ।

जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो। जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ।

Hardik ivf

बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरे। 

त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे। 
अनुदान सम्झौता अनुसार, उक्त कोष स्नातकोत्तर डिग्री हासिल गरिरहेका २० जना विद्यार्थीहरू र विद्यावारिधि डिग्री हासिल गरिरहेका २ जना विद्यार्थीहरूको लागि विश्वविद्यालयको शिक्षण शुल्क, बस्ने लागत, यात्रा भत्ता, बीमा र शैक्षिक सामग्रीहरू कभर गर्न प्रयोग गरिनेछ।

हालसम्म १४२ नेपाली निजामती कर्मचारीहरू (१४० स्नातकोत्तर डिग्री प्राप्त र २ जना विद्यावारिधि) ले यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रतिष्ठित जापानी शैक्षिक संस्थाहरूमा आफ्नो अध्ययन पूरा गरिसकेका छन्। हाल ४० स्नातकोत्तर र ५ जना विद्यावारिधि विद्यार्थीहरू यस कार्यक्रम अन्तर्गत जापानमा अध्ययनरत छन्।

हस्ताक्षर समारोहमा बेल्दै अर्थ सचिव उपाध्यायले यस छात्रवृत्ति कार्यक्रमले नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको र भविष्यमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। 

उनले जापानमा अध्ययनको क्रममा कर्मचारीहरूले प्राप्त गरेको ज्ञान र सीपले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने बताए। उनले जेडीएसबाट फर्किएकाहरूले नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने आशा पनि व्यक्त गरे।
राजदूत तोरु माएदाले जेडीएस कार्यक्रम अन्तर्गत आफ्नो अध्ययन पूरा गरेका कर्मचारीहरूले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्