Kathmandu Press

लागतार दोस्रो दिन पनि घट्यो नेप्से 

सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ।
लागतार दोस्रो दिन पनि घट्यो नेप्से 

काठमाडौं, असार २४ : पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ।

सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ।

Hardik ivf

सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार सेन्सेटिभ इण्डेकस ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०५ अंक बढेको छ।

बुटवल पावर कमपनी, पिपुल्स हाइड्रो पावर, रिभरफल्स पार लिमिटेडले सर्वाधिक कमाएका छन्। उसकोे शेयर ८.२१ प्रतिशत बढेको छ। त्यसैगरी पिपुल्स हाइड्रो पावर ५.९६ प्रतिशत र रिभरफल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.६९ प्रतिशतले बढेको छ।

मंलबार रसुवागढी हाइड्रो पावर र भुगोल इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। नेपाल रिइन्स्योरेन्स, बुटवल पार कमपनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्बाधिक कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्