Kathmandu Press

शोधनान्तर स्थिति ५ खर्ब बचतमा, रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढ्यो

चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ। रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेको छ।
शोधनान्तर स्थिति ५ खर्ब बचतमा, रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढ्यो

काठमाडौं, जेठ २४ : चालु आर्थिक वर्षको जेठ महिनासम्ममा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। 

गत आवको उक्त अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो। राष्ट्र बैंकका अनुसार आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो। 

Hardik ivf

चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ। रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेको छ। जस्ले गर्दा शोधनान्तर स्थितिमा सुधार देखिएको छ। 

यस्तै, अमेरिकी डलरमा गत आव सोही अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको जेठ मसान्तसम्म तीन अर्ब ६२ करोडले बचतमा छ। चालु आवको समीक्षा अवधिमा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा छ।

गत आवको उक्त अवधिमा चालु खाता दुई खर्बले बचतमा थियो। अमेरिकी डलरमा गत आव उक्त अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा दुई अर्ब २६ करोडले बचतमा छ।

यसैगरी चालु आव जेठसम्म ११ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत आवको उक्त अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब २४ करोड थियो।

 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्