मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड
आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठक आयोजना पूर्वसन्ध्या तथा नेपाल राष्ट्र बैङ्कको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा आयोगमा छलफल भएको हो।-1751901854.jpg)
काठमाडौं, असार २३ : राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच छलफल भएको छ।
सिंहदरबारस्थित आयोगमा उनीहरूबीच मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी भएको हो।
आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठक आयोजना पूर्वसन्ध्या तथा नेपाल राष्ट्र बैङ्कको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा आयोगमा छलफल भएको हो।
छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए।
उनले सम्पन्न हुन २० देखि २५ वर्षसम्म लाग्ने कतिपय गौरवका आयोजनाहरूलाई दुई वर्षभित्रै बनाउन सकिने धारणा राख्दै अहिले सही समय र पर्याप्त स्रोत पनि भएको हुँदा राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुरा गरेर देशलाई धेरै अगाडी बढाउन सकिने दाबी गरे।
उनले विकास मोडललाई एक अर्कामा जोडन समेत आवश्यक रहेको बताए। उपाध्यक्ष अधिकारीले प्रत्यक्ष आन्तरिक लगानीलाई कम प्रयोग गरिएको भन्दै अबका दिनमा यसलाई प्राथमिकता दिन समेत राष्ट्र बैंकलाई सुझाव दिए।
छलफलमा गभर्नर डा.पौडेलले अनुत्पादक क्षेत्रमा लगानी भन्दापनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्ने बताए।
उनले राम्रो आर्थिक चलायमान गरिरहेको देश ग्रे लिष्टमा पर्नु दुर्भाग्य भएको भन्दै त्यसबाट बाहिर निस्कन राष्ट्र बैङ्कले पनि आफ्नो तर्फबाट मेहेनत गरिरहेको बताए। उनले योजना आयोगले राखेको छलफलको विशेष महत्त्व हुने समेत बताए।










-1764753058.png)
-1764751301.jpg)
