Kathmandu Press

लगातार ६ दिन बढेको नेप्से सोमबार घट्यो

आइतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ।
लगातार ६ दिन बढेको नेप्से सोमबार घट्यो

काठमाडौं, असार २३ : पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ।

पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो। तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो। आइतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ।

Hardik ivf

अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएकोमा आज ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ।

सोमबार माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ।
 

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्