संगीतकार एवं गायक लिटिल रिचर्डको निधन
काठमाडौं, वैशाख २८ : चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ।
उनको परिवारका अनुसार रिचर्ड बोनम्यारो क्या....

काठमाडौं, वैशाख २८ : चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ।
उनको परिवारका अनुसार रिचर्ड बोनम्यारो क्यान्सरबाट पीडित थिए।
दर्शहरु उनको पियानो बजाउने खुबीको निकै प्रशंक थिए । मानिसहरु उनको पहिरन र हेयरस्टाइललाई खुब रुचाउथे ।
अमेरिकाको जर्जियामा सन् १९३२ डिसेम्बर ५ मा जन्मिएका उनले सानैमा घर छाडेका थिए। उनका १२ भाइबहिनी थिए। जसले गर्दा उनले परिवार छोडेको बताएका थिए।
उनी सन् १९५० दशकका चर्चित गायक हुन्। उनले टुटी फ्रुटी, गुड गोल्ली मिस मोल्ली, लङ टल सल्लीलगायतका चर्चित गीत दिएका छन्।
उनी ‘किङ एन्ड क्विन अफ रक एन्ड रोल’ सेल्फ स्टाइल्डले पनि परिचित छन्।
प्रकाशित मिति: ११:१२ बजे, आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












