Kathmandu Press

नेप्से २७ सय बिन्दुमै स्थिर, कारोबार रकम भने घट्यो

बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ। 
नेप्से २७ सय बिन्दुमै स्थिर, कारोबार रकम भने घट्यो

काठमाडौं, असार २२ : कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थिर रहेको छ।

बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ। 

Hardik ivf

अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएको छ।

आइतबार सेन्सेटिभ इन्डेक्स आज ०.६७ अंकले बढेको छ। फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अंकले बढेको छ। 

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम करोबार भएको छ। 

आज गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन्। नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ।
आइतबार गुडविल फाइनान्स, ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । गुडविल फाइनान्सको शेयर मूल्य १२७.३० रुपौयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

त्यसैगरी ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य पनि क्रमश १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
 

प्रकाशित मिति: १९:४३ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्