अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल
‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन। खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ। हामीसँग पैसा छ,’ उनले भने, ‘विदेशी विनिमयहरु छ, तर ग्रोथको लागि ड्राइभर छैन।’
काठमाडौं, असार २० : गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन्।
शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए।
‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन्। त्यति निराशाजनक छैन, अर्थतन्त्र ठिक छ। त्यति नराम्रो अवस्था केही छैन। हामीसँग पैसा पनि छ,’ उनले भने, हामीसँग विदेशी विनिमयहरु पनि छन्। खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो।’
गभर्नर पौडेलले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने बताउँदै पैसा, विदेशी विनिमयहरू पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको उल्लेख गरे।
‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन। खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ। हामीसँग पैसा छ,’ उनले भने, ‘विदेशी विनिमयहरु छ, तर ग्रोथको लागि ड्राइभर छैन।’
गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएता पनि अहिले लयमा फर्किएको दाबी गरे।
-(48)-1753521373.jpeg)