Kathmandu Press

आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै 

काठमाडौँ, वैशाख २८ : आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका सबै शाखा खुल्दै छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनु....

आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै 

काठमाडौँ, वैशाख २८ : आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका सबै शाखा खुल्दै छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आज (आइतबार) देखि सबै बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्दै छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसैबीच नेपाल बैंकर्स सङ्घले पनि सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ। एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिक रुपमा खुलेका थिए।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्