Kathmandu Press

नेप्से २७ सय बिन्दु माथि

बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो। 
नेप्से २७ सय बिन्दु माथि

काठमाडौं, असार १९ : साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ।

बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो। 

Hardik ivf

यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर मात्र खरिद विक्री भएको छ। 

साताको कारोबारको अन्तिम दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अंकले बढेको छ । यस्तै, फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अंकले बढेको छ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम करोबार भएको छ। खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

त्यसैगरी, सम्वृद्धि फानान्सको शेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । भुगोल इनर्जी विकास कम्पनीको र सयपत्रि हाइड्रोको शेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिहीबार साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको शेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
 

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्