टर्कीको ‘ग्रुप योरूम’ का सदस्य इब्राहिम गोसेकको निधन
काठमाडौं, वैशाख २७ : टर्कीको क्रान्तिकारी सांगीतिक ब्याण्ड ‘ग्रुप योरूम’का सदस्य इब्राहिम गोसेकको निधन भएको छ।
इस्तान....
काठमाडौं, वैशाख २७ : टर्कीको क्रान्तिकारी सांगीतिक ब्याण्ड ‘ग्रुप योरूम’का सदस्य इब्राहिम गोसेकको निधन भएको छ।
इस्तानबुलस्थित अस्पतालमा उनको बिहीबार मृत्यु भएको हो। एघार महिनाअघि उनले सत्यका लागि गाउन पाउने अधिकार भन्दै आमरण अनशन सुरु गरेका थिए। टर्की र कुर्दिसका सदस्यहरु रहेको उक्त ब्याण्डमा उनी भने गीतारिष्ट थिए।
यो ब्याण्डले स्वतन्त्रताका लागि गरिएको संघर्ष, मजदुर र अन्तर्राष्ट्रिय ऐक्यवद्धतामा आफ्नो प्रस्तुति दिँदै आएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवार, ब्यान्ड र दर्शकको आग्रहमा गत बुधबार पत्रकार सम्मेलन गरी अनशन तोडेको थिए।
व्याण्डले इस्तानबुलमा उनको अन्तिम संस्कारमा गर्ने भनिएकोमा प्रहरीले त्यसमा पनि हस्तक्षेप गरेको छ। प्रहरी एसेम्बली हाउस (सेमिभी) मा भएको कार्यक्रममा पुगेर उनको पार्थिव शरीर नियन्त्रणमा लिएको छ।
उनको पार्थिव शरीरलाई गृहनगर काउसेरीमा दफन गर्ने भनिएपनि त्यहाँको फासिष्ट समूहले काउसेरीमा उक्त कार्य गर्न नदिने र बलपूर्वक दफन गरिए पछि निकाल्ने धम्की दिएको छ।
राज्यले उनीहरुमाथि गर्दै आएको अन्यायविरुद्व इब्राहिम र अर्की सदस्य हेलिन बोलेक अनशनरत थिए। ८८ औं सम्म अनशन जारी राखेकी २८ वर्षीया हेलिनको गत अप्रिल ३ मै निधन भएको थियो।