Kathmandu Press

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित

प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ।
कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित

मोरङ, असार १३ : कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो।

प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ।

राजस्व स्रोतका हिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने र १२ अर्ब ३९ करोड राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरिएको छ। बाँकी रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ।

बजेट पारित भएसंगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरुलाई धन्यवाद दिएका छन्। ‘सम्पुर्ण माननीय सदस्य प्रती हार्दिक धन्यवाद एंब आभार ब्यक्त गर्दछु,’ उनले लेखेका छन्।
 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, असार १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्