Kathmandu Press

अध्यक्ष ओलीले तिरे एमालेको लेबी 

सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो। 
अध्यक्ष ओलीले तिरे एमालेको लेबी 

ललितपुर, असार ११ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्। 

सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो। 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएको थियो। 
 
प्रकाशित मिति: १८:२८ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्