Kathmandu Press

नेपालविरुद्धको मुद्दामा स्वतन्त्र कानुनव्यवसायीले शुरु बहस गरेपछि इजलासमा आपत्ति 

नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट पन्त इजलासमा उपस्थित भएकोमा आपत्ति जनाए। 
नेपालविरुद्धको मुद्दामा स्वतन्त्र कानुनव्यवसायीले शुरु बहस गरेपछि इजलासमा आपत्ति 

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको तर्फबाट स्वतन्त्र कानुनव्यवसायीले शुरुवाती बहस गरेपछि प्रतिबादीका कानुनव्यवसायीले प्रश्न उठाएका छन्। 

अख्तियारका तर्फबाट सरकारी वकीलले बहस शुरु नगरी स्वतन्त्र कानुनव्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेको भन्दै प्रतिबादीका कानुनव्यवसायीले प्रश्न उठाएका हुन्। 

Hardik ivf

नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट पन्त इजलासमा उपस्थित भएकोमा आपत्ति जनाए। 

थापाले मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भनिए पनि त्यस विपरीत स्वतन्त्र कानुनव्यवसायीबाट वहश भएको प्रश्न थापाले इजलास समक्ष उठाए। 

थापाले नेपालविरुद्धको मुद्दालाई अनावश्यक लम्ब्याउन खोजिएको आशंका पनि व्यक्त गरे। आरोपपत्रमै सरकारी वकीलले बहस पैरवी गर्ने भनिए पनि अन्य कानुन व्यवसायी उपस्थित गराइने बिषय आपत्तिजनक रहेको भनाई वरिष्ठ अधिवक्ता थापाले राखे। 

अख्तियारले सरकारी वकील बाहेक पूर्वप्रधानमन्त्री नेपालविरुद्ध बहसका लागि स्वतन्त्र कानुनव्यवसायी समेत राखेको छ।  

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, असार ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्