नेपालको तर्फबाट बहश गर्न विशेष अदालतमा १२० जना वकिल
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, प्रेमबहादुर खड्का, गोपाकृष्ण घिमिरे, खगेन्द्रप्रसाद अधिकारी, टिकाराम भट्टराई, गोविन्द वन्दी, खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि वकालतनामा बुझाएका छन्।
काठमाडौं, असार ११ : पतञ्जली जग्गामा भएको भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको तर्फबाट बहस गर्न १२० जना कानुनव्यवसायीले वकालतनामा बुझाएका छन्।
अहिले विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा थुनछेकसम्वन्धी बहसको तयारी भएको छ।
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, प्रेमबहादुर खड्का, गोपाकृष्ण घिमिरे, खगेन्द्रप्रसाद अधिकारी, टिकाराम भट्टराई, गोविन्द वन्दी, खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि वकालतनामा बुझाएका छन्।
बहसका लागि १२० जनाले नाम टिपाए पनि प्रतिनिधि कानुनविद्ले थुनछेकसम्वन्धी बहस गर्नेछन्।
अख्तियारको तर्फबाटबाट सरकारी वकीलका अतिरिक्त वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्ने भएका छन्। अख्तियारले पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको हो।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।
थुनछेक बहसपछि नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने वा थुना बाहिर राखेर पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो लाग्ने छ।