Kathmandu Press

विशेष अदालतमा माधव नेपालको बयान शुरु  

अदालत उपस्थित हुन पाउँ भन्र्दै नेपाल आफैले विशेष अदालतमा निवेदन दर्ता गरेका थिए । सोही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकेर बयान शुरु भएको हो। 
विशेष अदालतमा माधव नेपालको बयान शुरु  

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान ुशरु भएको छ। 

विशेष अदालतका न्यायाधीशहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान शुरु भएको हो। पतञ्जलिको जग्गा भ्रष्टाचार प्रकरणमा आफू विरुद्ध दायर भएको मुद्दाको सिलसिलामा नेपाल केहीबेरअघि विशेष अदालतमा उपस्थित भएका थिए। 

अदालत उपस्थित हुन पाउँ भन्र्दै नेपाल आफैले विशेष अदालतमा निवेदन दर्ता गरेका थिए । सोही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकेर बयान शुरु भएको हो। 

बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ। पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। 

बयान सकिएपछि सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। 

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्