Kathmandu Press

चार पसल कारवाहीमा, पाँच लाख राजश्व संकलन

काठमाडौं, वैशाख २६ : दोहोरो बिल जारी गरेवापत दुई बिक्रेता कारवाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रम....

चार पसल कारवाहीमा, पाँच लाख राजश्व संकलन

काठमाडौं, वैशाख २६ : दोहोरो बिल जारी गरेवापत दुई बिक्रेता कारवाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थ बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम  जरिवाना गरिएको विभागले जनाएको छ।

कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।  

आज नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरीद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै २० २० हजार रुपैयाँ जरिवाना गरेको छ। चार पसललाई कारवाही गर्दा आज पाँच लाख ४०  हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्