Kathmandu Press

एमालेको सचिवालय बैठक बस्दै

आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ। 
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, असार ११ : आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। 

बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।  

आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ।
 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, असार ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्