विशेष अदालत पुगे माधव नेपाल
नेपालले नै अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गाएपछि अदालतले उनलाई आजै बोलाएको हो। आजैबाट उनको बयान सुरु हुने बताएको छ।
काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन्।
पतञ्जली योग पीठको जग्गा प्रकरणमा अख्तियारले अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्।
नेपालले नै अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गाएपछि अदालतले उनलाई आजै बोलाएको हो। आजैबाट उनको बयान सुरु हुने बताएको छ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ बताइएको छ। त्यसपछि नेपालालाई थुनामा राखेर अनुसन्धान गर्ने कि साधारण तारेखमा छाडेर भन्ने विषउमा निर्णय हुने छ।
यो प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। लगत्तै उनी संसदबाट पनि निलम्बिन भइसकेका छन्।
प्रकाशित मिति: ११:२६ बजे, बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












