संविधान संशोधन कांग्रेस एमालेको स्टन्ड मात्रै हो : अध्यक्ष यादव
अध्यक्ष यादवले सरकारले ल्याएको बजेट गरिब र पछाडि परेको जनताको लागि नभएर विचौलियाहरुले खेल्ने बजेट ल्याएको टिप्पणी गरे।-(11)-1750771647.jpg)
काठमाडौं, असार १० : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन
मंगलबार भक्तपुरमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए।
‘सरकारले संविधान संसोधन गर्ने भनेको थियो। तर एक वर्ष पुगिसक्दा पनि के–केमा संशोधन गर्ने अत्तोपत्तो छैन। संविधान संशोधन अहिलेको सरकारले गर्न चाहेको नै होइन, तर स्टन्डको लागि मात्रै प्रयोग गरेको हो,’ अध्यक्ष यादवले भने, ‘आर्थिक, राजनीतिक क्षेत्रमा होस् या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल छ। रोजगारीको सृजना त कता हो कता मानव तस्करीको धन्दामा सरकार लागेको चर्चा छ। मानव तस्कर गर्नु रोजगारी सृजना गर्नु होइन।’
अध्यक्ष यादवले सरकारले ल्याएको बजेट गरिब र पछाडि परेको जनताको लागि नभएर विचौलियाहरुले खेल्ने बजेट ल्याएको टिप्पणी गरे। वर्तमान सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल हुनका साथै कांग्रेस–एमालेको सहकार्य समेत असफल भइसकेको उनको दाबी छ।
‘गरिब र पछाडि परेका जनताका लागि त बजेट नै आएको छैन। यो खाली विचौंलियाहरुले खेल्ने बजेट ल्याएको छ। सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल छ,’ उनले भने, ‘अहिले त कांग्रेस एमालेको सहकार्य नै असफल भइसक्यो। यो गठबन्धन नै असफल भयो, यसबाट मुलुकलाई हितभन्दा अहित भएको छ। कांग्रेसलाई अहित भएको छ भन्ने कुरा कांग्रेसकै नेताहरुले भन्नुभएको छ।’
अध्यक्ष यादवले सरकार गठन हुनुअघिका प्रतिबद्धताहरु केही पनि पूरा नभएको भन्दै आपत्ति जनाए।
‘सरकारले महत्वपूर्ण प्रतिबद्धताहरु गरेको थियो। त्यसमा सबैभन्दा महत्वपूर्ण विषय मुलुकमा सुशासन दिने,भ्रष्टाचार अनियमितता र अराजकता नियन्त्रण गर्ने अर्को आर्थिक रुपले धरासयी हुँदै गएको अवस्था सुधार गर्ने र संविधान संसोधन गर्ने यी कार्य गर्न सरकार बन्द गरेको प्रतिबद्धता हो,’ उनले भने, ‘आफैंले गरेको प्रतिबद्धता हो तर अहिले यसो हेर्दै जाँदा सुशासन कुन चराको नाम हो, जनताले अनुभूति गर्न पाएको छैनन् । जतातै भ्रष्टाचार लुट देखेका छन् जनताले।’
सरकार बनेको एक वर्षमा अडाई खरब ऋण थपिएको र व्यापार घाटा समेत बढ्दै गएको उनको भनाई छ।