Kathmandu Press

‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु’

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु’

काठमाडौं, असार १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्। 

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

Hardik ivf

‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्नँ। रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं,’ उनले भने, ‘अझै गरिराखेको छु। रास्वपाको साथीहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ।’ 

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए। 
 

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्