महानगरपालिकाको बजेटमा अन्यौलको अवस्था
महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण निर्धारित समयमा बजेट समेत आउन नसक्ने अवस्था उत्पन्न भएको हो।
काठमाडौं, असार १० : आपसी द्वन्द्वका कारण काठमाडौं महानगरपालिकाको बजेट मंगलबार नआउने भएको छ।
असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने भए पनि बजेटको तयारीस्वरुप कार्यपालिका बैठक समेत बस्न सकेन।
महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण निर्धारित समयमा बजेट समेत आउन नसक्ने अवस्था उत्पन्न भएको हो।
६ महिना यता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन। बजेट नआउँदा महानगरमा अन्यौल र जटिलता उत्पन्न भएको छ।
प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(21)-1754907022.jpg)