मिडियामाथि अवहेलनाको आरोपमा विशेष अदालतमा बृहत बेञ्च गठन
विशेष अदालतका कर्मचारीबाट दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारका कारण अदालत र न्यायाधीशको अवहेलना भएको दाबीसहित प्रतिवेदन उठाइएको थियो।
काठमाडौं, असार १० : विशेष अदालतले दृष्टी मिडियामा आएको समाचारलाई लिएर अदालतको अवहेलनामा सुनुवाई गर्न सबै न्यायाधीश संलग्न बृहद बेञ्च गठन गरेको छ।
विशेष अदालतका कर्मचारीबाट दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारका कारण अदालत र न्यायाधीशको अवहेलना भएको दाबीसहित प्रतिवेदन उठाइएको थियो।
सोही प्रतिवेदनमाथि सुनुवाईका लागि विशेष अदालतका अध्यक्ष टेकनाराण्या कुंवरसहित ६ जना न्यायाधीश संलग्न बृहद इजलास गठन गरिएको हो।
बृहत इजलासमा विशेष अदालतका अध्यक्ष कुँवर, सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला संलग्न छन्।
अवहेलनाको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाई सकिएको छ। आजै आदेशको तयारी भइरहेको छ।
प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार